तनहुँ । कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए । लामो समय कार्यालयको सेवा प्रवाह रोकिँदा सर्वसाधारणलाई समस्या परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सबै कार्यालयले सेवा दिनेछन् ।
मालपोत कार्यालयले बारअनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सरकारी कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै मालपोतले बारअनुसारको तालिका सार्वजनिक गरेको हो । मालपोत अत्यधिक भीडभाड हुने कार्यालय भएकाले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्ड अपनाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताए। जिल्लाका १० वटै स्थानीय तहलाई बारअनुसार सेवा प्रवाह गरिने उनले बताए।
कार्यालयका अनुसार आइतबार र सोमबार व्यास, मङ्गलबार शुक्लागण्डकी, बुधबार भिमाद, ऋषिङ, म्याग्दे, बिहीबार भानु, देवघाट, घिरिङ र शुक्रबार बन्दीपुर र आँबुखैरेनीका सर्वसाधारणलाई सेवा दिइनेछ । बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए। जिप्रकाले यही असार १६ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर असार २४ गतेसम्म पुर्याएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो