पोखरा । देशभर आज (आइतबार) बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुुसार हाल देशभर मनसुनी वायुको प्रभाव तथा तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकोले मौसम प्रभावित भएको हो।
अहिले बिहान प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी बर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन