पोखराको एक एग्रो फार्ममा चितुवा पसेर झन्डै दुई सय हाँस कुखुरा मार्यो

पोखराको एक एग्रो फार्ममा चितुवा पसेर झन्डै दुई सय हाँस कुखुरा मार्यो

chituwa

पोखरा ।  पोखरा -२३ मा रहेको एक एग्रो फार्ममा चितुवा पसेर फार्ममा रहेका हाँस तथा कुखुराहरु मारेको छ।

संखुवासभा जिल्लाको दुधकोशी गाउँपालिका -५ घर भइ हाल पोखरा महानगरपालिका -२३ स्थित बिरिम कुना भन्ने स्थानमा ‘ईको एग्रोफार्म’ संचालन गरेका निमा शेर्पाको उक्त फार्ममा पालिएका १०० वटा कुखुरा, ५० वटा हाँस, ४० वटा टर्की र ५ वटा लौकाट मारेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

विकका अनुसार घटनामा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरिएको छ भने, घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरेको प्रहरीले बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds