शनिबार कास्कीका ५७ सहित गण्डकीमा थप १७३ जनामा कोरोना पुष्टि, २७७ कोरोनामुक्त

शनिबार कास्कीका ५७ सहित गण्डकीमा थप १७३ जनामा कोरोना पुष्टि, २७७ कोरोनामुक्त

0

पोखरा। शनिबार गण्डकीमा थप १७३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार तीन जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्की ५७ जना, तनहुँका २१ जना, गोरखाका पाँच जना, लमजुङका एक जना, नवलपुरका ४५ जना र स्याङ्गजाका १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका तीन जना, बागलुङका चार जना र म्याग्दीका १८ जनाको परीक्षणमा दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार ६५४ पुगेको छ।

शनिबार गण्डकीमा एक जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा लमजुङ जिल्ला सुन्दर बजार नगरपालिका -११ निवासी ८४ वर्षीया महिला रहेकी छन्  ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds