स्थापना दिवसमा खाद्यान्न सहयोग

स्थापना दिवसमा खाद्यान्न सहयोग

khadhyanna_food-pasal

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित तालचोक कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा श्रीकृष्ण प्रणामी वृन्दावन धाम डाँडाकोनाकलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सहकारीले चामल दाल, तेल, आलु मसला, विस्कुट र चिउरा लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष उत्तम भण्डारीले कोभिड – १९ को सङ्कटको समयमा आश्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए।

उक्त अवसरमा मास्क, स्यानिटाइजर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा धामका गुरु स्वामी विष्णु वशिष्टले दाताहरूको सहयोगले आश्रमका रहेका ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जीवनयापनमा सहज हुँदै आएको बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds