म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो”, उनले भने,“सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् ।”
निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताए। अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए। “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”
इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उनले बताए। यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।
सम्बन्धित खबर
म्याग्दीमा बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध