पोखरा। पछिल्ला दिनमा गण्डकीमा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्ला दिनमा संक्रमण पुष्टी हुनेको संख्यामा वृद्धि आएको भन्दै अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा व्यक्तिगत सुरक्षाका सामाग्रीहरुको प्रयोग गर्दै भीडभाड नगर्न आग्रह गरेको छ।
बिहीबार पनि गण्डकीमा थप ४४८ जनामा कोरोना पुष्टि भएको छ ।
निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २२२ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९० जनाको परीक्षण गर्दा १५३ जना, तनहुँका ३६ जनाको परीक्षणमा आठ जना, गोरखाका १३६ जनाको परीक्षणमा ५४ जना, लमजुङका ८१ जनाको परीक्षणमा १४ जना, नवलपुरका १६६ जनाको परीक्षणमा ५० जना र स्याङ्गजाका ८६ जनाको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ८९ जनाको परीक्षणमा २८ जना, बागलुङका १४२ जनाको परीक्षणमा ७२ जना म्याग्दीका ९० जनाको परीक्षणमा ३६ जना र मुस्ताङ जिल्लाका छ जनाको परीक्षणमा एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार १९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५२ हजार २६१ पुगेको छ।
बिहीबार गण्डकीमा मृत्यु पुष्टि हुनेको संख्यामा वृद्धी देखिएको छ । आज गण्डकीका चार जिल्लाका आठ जनाको मृत्यु पुष्टी भएको छ । मृत्यु हुनेमा नवलपुरका दुई जना, बाग्लुङका एक जना, तनहुँका दुई जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका तीन जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९५६ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी