काठमाडौं । मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना वेपत्ता छन् । अन्य १९ जना घाइते भएका गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार कुल ४६२ घर पूर्ण क्षति भएको र ११० घरमा आंशिक क्षति भएको छ ।
बाढी र पहिरोबाट प्रभावित भएकामध्ये एक हजार ६०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट कूल २६८ जना र सबै सुरक्षाकर्मीको प्रयासमा ४०० भन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । यसपाली बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लामा हेलिकप्टरमार्फत राहत पुरयाइएको थियो ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको निजी आवास पुनःनिर्माणलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय भएर लागेको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयबाट अहिलेसम्म तीन हजार ९४९ लाभग्राहीको निजी आवास पुनःनिर्माणका लागि रु १९ करोड ९७ लाख ७३ हजार रकम वितरण गरिसकिएको छ । सोही प्रयोजनका लागि अर्थ मन्त्रालयबाट प्राप्त रु १० करोडमध्ये नुवाकोट जिल्लाबाट लाभग्राहीलाई अनुदान स्वरुपको वितरण कार्य प्रारम्भको तयारी गरिएको मन्त्रालयले आज सूचना जारी गरी जनाएको छ ।
यसवर्ष मात्रै सोही प्रयोजनका लागि रु दुई करोड ८६ लाख विनियोजन भएको र सो वितरण प्रक्रियामा रहेको मन्त्रालयको भनाइ छ । मनसुनजन्य विपद्बाट वेपत्ता भएकाको खोजीलगायत जनधनको क्षतिको यथार्थ मुल्याङ्कन गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय क्रियाशिल रहेको जनाइएको छ ।
मन्त्रालयले निरन्तर वर्षा भइरहेकाले जोखिममा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले खोज ,उद्धार तथा राहतलगायत कार्यमा खटिने सबै निकाय र प्रतिनिधिलाई धन्यवादसमेत दिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो