बाग्लुङकाे निसीखाेलाकाे बीचमा पुरुषकाे शव फेला

बाग्लुङकाे निसीखाेलाकाे बीचमा पुरुषकाे शव फेला

Nisi Khola Baglung

बाग्लुङकाे निसीखाेला

बाग्लुङकाे निसीखाेलाकाे बीच भागमा बुधबार ४९ वर्षीय एक पुरुषकाे शव फेला परेकाे छ ।

बाग्लुङ जिल्लाकाे निसीखोला गाँउपालिका-१ बगाह बस्ने ४९ वर्षीय बुदे भनिने बुद्द गुरुङको शव मध्यान्ह पाैने १२ बजेकाे समयमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्लाकाे ढोरपाटन नगरपालिका-२ पाखुटे स्थित निसीखोलाको बीच भागमा मृत भेटिएका उनको मानसिक अवस्था ठीक नभएको खुल्न आएको र घटनाबारे थप अनुसन्धान भइ रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी नायब निरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ