काठमाण्डौ । जातकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन् ।
उनले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।
‘रुपाले आवश्यकतानै नपरी बहानाबाजी गरेर कोठा भाडामा मागेको, मन्जुरी बिना फोन कल रेकर्ड गरेको र आफैले म कामिकी छोरी ‘हुँ’ भन्दै आफैलाई अपमान गरी होच्याएर जबर्जस्ती कोठा भाडामा दिन दबाव दिंदै क्षुद्र व्यवहार देखाएको’ सरस्वतीले निवेदनमा लेखेकी छन् । साथै उनले ‘आफूले कोठा भाडामा दिन नमिल्ने बताउँदा गदगद हाँसेको र भोलीपल्ट अर्थात् असार ३ गते महानगरीय प्रहरी वृत सिंहदरवारमा जातिय भेदभाव तथा छुवाछुत कसूरमा जाहेरी दिएर जालसाझी गरी आफूलाई पक्राउ गराएको’ उल्लेख गरेकी छन् ।
‘रुपाले निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम टोलटोलमा आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको,’ पनि सरस्वतीले निवेदनमा जनाएकी छन् ।
उनलेर घरधनी श्रीमान् र सासु भएको भन्दै आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्।
असार १ गते सुनारलाई थरकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले ३ दिन हिरासतमा लिएर छाडेको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते