पोखरा । नमुना परीक्षणको दायरा बढाएसँगै गण्डकीमा संक्रमितको संख्यमा पुनः वृद्धि देखिन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विगत १० दिनको अवधिमा परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्यामा पनि वृद्धि आएको भन्दै अनावश्यक रुपमा घर बाहिर ननिस्कन तथा व्यक्तिगत सुरक्षाका सामाग्रीहरुको प्रयोग गर्दै भीडभाड नगर्न आग्रह गरेको छ।
बुधबार गण्डकीमा थप ४२६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २९६ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०८ जनाको परीक्षण गर्दा ८३ जना, तनहुँका २११ जनाको परीक्षणमा ९४ जना, गोरखाका ६९ जनाको परीक्षणमा २५ जना, लमजुङका ९२ जनाको परीक्षणमा ३४ जना, नवलपुरका ११३ जनाको परीक्षणमा ३८ जना र स्याङ्गजाका ९२ जनाको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ९३ जनाको परीक्षणमा ६० जना, बागलुङका १३७ जनाको परीक्षणमा १८ जना र म्याग्दी जिल्लाका १८१ जनाको परीक्षणमा ४२ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १८५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ९१५ पुगेको छ।
बुधबार पनि गण्डकीमा तीन जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक जना, पर्वतका एक जनार तनहुँका एक जना र लमजुङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४८ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी