वालिङमा बारअनुसार सेवा प्रवाह गर्दै मालपोत

वालिङमा बारअनुसार सेवा प्रवाह गर्दै मालपोत

malpot-waling

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रबिन अधिकारीले बताए।

कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन भएकाले सोही अनुसार गरिएको उनले बताए।

कार्यालयले आइतबार र सोमबार वालिङ तथा भिरकोट नगरपालिका, मङ्गलबार र बुधबार चापाकोट नगरपालिका, बिरुवा र हरिनास गाउँपालिका, बिहीबार र शुक्रबार गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मालपोत अधिकृत अधिकारीले बताए।

कार्यालयले बारअनुसार पालिका छुट्याएको छ भने सीमित मात्रै सेवा सञ्चालन गरेको छ । जग्गा दृष्टिबन्धक, जग्गा फुकुवा, राजीनामा, सामान्य संशोधन, प्रतिलिपिजस्ता सेवा सञ्चालन गरेको भए पनि बकससम्बन्धी सेवा, अंशबन्डा, नामसारी, स्रेस्ता कायम गर्नेलगायत अन्य सेवा तत्कालका लागि बन्द गरिएको छ ।

बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए। यसैबीच जिल्ला प्रशासन कार्यालयले यही असार १५ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर यही असार २५ गतेसम्म पुर्‍याएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ