लोक सेवाका रोकिएका परीक्षा १५ साउनदेखि

लोक सेवाका रोकिएका परीक्षा १५ साउनदेखि

loksewa ayog

काठमाडौँ । लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आयोगको सोमबार बसेको बैठकले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

खरिदारदेखि सहसचिवसम्मको परीक्षाहरु रोकिएका थिए । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए ।

रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सञ्चालन गरिसक्ने आयोको लक्ष्य छ । परीक्षालाई छिटो सक्न दुईदेखि तीन सिफ्टमा सञ्चालन गर्ने तयारी आयोगले गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds