पोखरामा १५ मजदुरलाई राहत वितरण

पोखरामा १५ मजदुरलाई राहत वितरण

rahat-help

पोखरा । पोखरामा १५ मजदुर परिवारलाई राहत वितरण गरिएको छ । कोरोना महामारीको चपेटामा परेका विपन्न मजदुरहरुलाई आज (मंगलबार) कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले राहत प्रदान गरेकी हुन् ।

शेरचनका अनुसार बरिष्ठ कलाकार तथा साहित्यकार विश्व शाक्यबाट १० जनाको लागि र पृथ्वी नारायण क्याम्पसका अवकाश प्राप्त सह-प्राध्यापक रश्मी ढेवाजूबाट ५ जनाको लागि गरी १५ जनाका लागि प्राप्त राहत आज प्रदान गरिएको हो । शेरचनले सहयोगका लागि उनीहरु दुबैजना प्रति आभार व्यक्त गर्दै राहत अभियानमा हातेमालो गर्न सबैमा अनुरोध समेत गरेकी छन् ।

आज प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत प्रदान गरिएको शेरचनले जनाकारी दिइन्।

हानानो ओशिबाना (सुकेको झारपातबाट तयार गरिने चित्र) कला जापानबाट नेपालमा पहिलो पटक भित्र्याएकी शेरचन पछिल्लो समय कोरोना महामारीको असहज परिस्थितिमा कोहि पनि भोकले छट्पटाउन नपरोस् भन्ने ध्येयका साथ राहत वितरण अभियानमा तल्लीन छिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ