गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलको स्वकीय सचिवमा विद्यार्थी नेता अर्जुन अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पौडेलले पोखरा–१९ लामाचौरका अधिकारीलाई स्वकीय सचिवमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
अधिकारी यसअघि स्व. रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा उनको सचिवालयमा थिए । एमाले निकट अनेरास्ववियुको जिल्ला कमिटी कास्किको अध्यक्ष भैसकेका अधिकारी हाल अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य हुन् । बौद्धिक विद्यार्थी नेतामा गनिने अधिकारीको पब्लिक रिलेशन राम्रो छ । उनी प्रशासकिय कार्यदक्षता र कुशल व्यवस्थापनमा अब्बल मानिन्छन् । उनीसँग पत्रकारिता अनुभव समेत रहेकाले मिडिया मैत्री छन् ।
अधिकारीले गण्डकी प्रदेशको विकासका लागि सबै प्रदेशबासी, राजनीतिक दल तथा नागरिक समाज सकारात्मक रुपमा लाग्नुपर्ने बताए । उनले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापुर्वक पूरा गर्ने विश्वास पनि दिलाएका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ