पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेष: फेवाको आँगनबाट चम्केका आनन्द

पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेष: फेवाको आँगनबाट चम्केका आनन्द

Ananda Kunwar

पोखरा बैदामका आनन्द कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिलेजस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिनेक्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उनी परे । र, पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जु¥यो । २६ वर्षसम्मको खेलजीवनमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिए । आठौं साफमा उनले नेपाललाई पदक जिताउनसमेत सफल भए ।

२०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उनी त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा ४ सय जनाभन्दा बढीलाई पौडी सिकाइसकेको उनको दाबी छ । बाबु डिलबहादुर र आमा सन्तु कुँवरका सुपुत्रका रुपमा उनको जन्म २०३१ सालमा भएको हो । घरको आर्थिक स्थिति कमजोर नै थियो ।

डाइटको लागि र पोशाकको लागि उनले फेवामा डुंगासमेत चलाए । स्कुलेजीवनमा उनले फुटबल, भलिबल, एथलेटिक्स पनि खेले । तर जीवन पानीमै बित्यो । खेलमा उनको एचिभेन्ट हेर्दा आठौं साफमा नेपालका लागि कास्य पदक जिते भने भारतमा भएको १३ औं एशिया प्यासिफिक स्वीमिङ तथा डाइभिङ प्रतियोगितामा देशको प्रतिनिधित्व गरे । सातौं साफमै पनि उनी क्लोज क्याम्पमा पर्न सफल भएका थिए ।

यस्तै, सन् १९९६ मै फेवातालमा भएको सातौं स्टार अन्नपूर्ण टाइथनमा सहभागिता, नवौं राष्ट्रिय पौडी प्रतियोगितामामा २ रजत र ३ कास्य, १० औं राष्ट्रिय पौडी प्रतियोगितामा ३ रजत र २ कास्य, चौथो राष्ट्रिय खेलकुदमा ३ रजत, दीपेन्द्र जन्मोत्सव कप पौडी प्रतियागितामा १ स्वर्ण र २ रजत हात पारे । बेगनासमा २०५५ मा सम्पन्न खुला पौडी प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए ।

यसरी पौडी खेलमा उनको योगदानको कदर गर्दै २०५६ मा राजा वीरेन्द्रबाट गोर्खा दक्षिणबाहु पाँचौबाट विभूषित समेत भएका थिए । उनले फिना कोर्स, ओलम्पिक सोलिडारिटी कोर्स फर कोच एण्ड रेफ्री, फस्ट एड/लाइफ गार्डिङ/पिसीआर कोर्सलगायत थुप्रै तालिमसमेत लिएका छन् । घरको आर्थिक अवस्था सुधार्न उनी २०५८ सालपछि ३ वर्ष खाडी मुलुकमा पनि रोजगार गर्न गए ।

जीवन नै पौडीमा बिताएका कास्की पौडी संघका सचिव आनन्द कुँवरले गण्डकी बोर्डिङ स्कुलमा २ सय, पश्चिम पृतनामा ६०, फेवाताल र अन्य पुलहरुमा करिब २ सय जनलाई प्रशिक्षण दिइसकेको बताउँछन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षक विधामा मनोनीत कुँवरले मनोनयन भएकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । यो विधामा उनीसहित फुटबलका किरण श्रेष्ठ र बक्सिङका सुरेश मल्ल ठकुरी प्रतिष्पर्धामा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds