गण्डकी प्रदेशको मुख्यन्यायाधिवक्तामा बास्तोला नियुक्त

गण्डकी प्रदेशको मुख्यन्यायाधिवक्तामा बास्तोला नियुक्त

rohitraj bastola

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् । नेपालको संविधान २०७२ को धारा १६० अनुसार उनको नियुक्ति भएको हो ।

बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उनी डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्व अध्यक्ष हुन् । उनी पोखरा ११ फूलबारीका स्थायी बासिन्दा हुन् ।

नेपालको संविधान २०७२ को धारा १६० अनुसार उनको नियुक्ति भएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्यन्यायाधिवक्ताकाे मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान हुन्छ ।

मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।

 मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ