घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

घरभाडामा सहुलियत प्रदान गर्न पोखरा पर्यटन परिषद्को आग्रह

Pokhara Lakeside Phewa Fewa

पोखरा।  कोभिड १९ का कारण पर्यटन व्यवसाय ठप्प भएपछि व्यवसायीलाई घरभाडा सहुलियत गर्न घरजग्गा धनीलाई पोखरा पर्यटन परिषद्ले आग्रह गरेको छ ।

परिषद्ले एक विज्ञप्ति जारी गर्दै बैंकबाट करोडौको ऋण लिएर व्यवसायमा लगानी गरेका व्यवसायीहरु विद्यमान परिस्थितीले व्यवसायबाट पलायन हुने अवस्था सृजना भएको जनाउँदै व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडा सहुलियत गर्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड १९ को असर पूर्ण रुपमा हटेर पर्यटकीय गतिविधि सूचारु नभएसम्म कम्तीमा ५०% सहुलियत प्रदान गरी व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरधनीलाई परिषद अपिल गर्दछ ।” गत वर्ष चैत ११ गतेबाट शुरु गरिएको बन्दाबन्दी सरकारले २०७७ असारबाट केही खुकुलो बनाउँदै लगेपछि छिटफुट रुपमा आन्तरिक पर्यटनका गतिविधि हुन थालेका थिए । पुनः दोस्रो चरणको भेरियन्ट देखिएपछि २०७८ वैशाखको १५ बाट सरकारले निषेधाज्ञा जारी गरे पश्चात पर्यटन क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds