सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु

सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु

bam bispot

सिन्ह्वा । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।

सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए ।

यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् । त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ