उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

ladai (2)

काबुल । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् ।

मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही गरेको जनाएको छ ।

तालिबानका डिभिजनल कमान्डर हम्जा पनि उक्त कारबाहीमा घाइते भएका छन् । सेनाले तालिबानी समूहका हातहतियार र गोलाबारुद पनि ध्वस्त पारिदिएको छ ।

उक्त घटनाका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

गत मे १ देखि अमेरिकी र नेटो सैनिक अफगानिस्तानबाट फिर्ता हुन थालेयता देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु निकै बढेका छन् ।

तालिबान समूहसँग भएको सम्झौता बमोजिम करिब तीन हजार ५०० अमेरिकी र सात हजार नेटो सैनिक आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्किनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds