कास्कीमा जोर विजोरका आधारमा सार्वजनिक यातायात चल्ने, पसलहरु साँझ ६ बजेसम्म खुल्ने

कास्कीमा जोर विजोरका आधारमा सार्वजनिक यातायात चल्ने, पसलहरु साँझ ६ बजेसम्म खुल्ने

Pokhara-Chahalpahal

पोखरा । कास्की जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै दश दिन थप गरिएको छ ।

आज बसेको जिल्ला कोभिड -१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाएर दश दिन लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

निषेधाज्ञा खुकुलो भएसँगै कास्की भित्र मात्र संचालन हुने सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । तर, यसरी संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइनेछैन । सहचालकले अनिवार्य रुपमा पंजा र फेससिल्डको प्रयोग गर्नुपपर्नेछ । पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै दिनहुँ सवारीलाई निसंक्रमित गर्नुपर्नेछ ।

यस्तै दैनिक उपभोग्यका खाद्यान्न तथा तरकारी र फलफूलका पसल बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ भने, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, स्टेशनरी, कपडा तथा फेन्सी पसल, कस्मेटिक पसल, सुनचाँदीका पसल, भाँडा पसल, अटोमोवाइल र निर्माणजन्य सामग्रीका लगायतका सबै पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ।

के -के खुले के-के बन्द छन् ?

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ