गोरखा । खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर एकाइले मासुको उत्पादन बढाउनका लागि व्यावसायिक कृषक समूहलाई अनुदानमा उन्नत जातका ब्याड बोका वितरण गरेको छ। एकाइले दुई स्थानीय तहलाई मल्टिप्लाई हर्ड स्थापना गर्ने कार्यक्रमअन्तर्गत उन्नत जातका ब्याड बोका वितरण गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिए।
एकाइले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित हुडीखोला कृषक समूह र धादिङको बेनिघाट रोराङ्ग गाउँपालिकास्थित साततलेदेवी कृषक समूहलाई दुई/दुई बोयर जातका ब्याड बोका वितरण गरेको उनले बताए।
बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरबाट खरीद गरेर ८५ प्रतिशत अनुदानमा चालू आवको कार्यक्रमअन्र्तगत दुई कृषक समूहलाई ब्याड बोका वितरण गरिएको उनले जानकारी दिए। “अनुदानमा उपलब्ध गराइएको ब्याड बोका १६ देखि २५ किलोसम्म तौल रहेका छन्”, कृषि अधिकृत पण्डितले भने, “उमेरका हिसाबले सबै तीनदेखि चार महिनासम्मका हुन्, यो छिटो बढ्ने र तौल बढी हुने भएकाले मासु उत्पादनमा समेत वृद्धि हुन्छ ।”
अनुदानमा ब्याड बोका उपलब्ध गराइएका कृषक समूहले अनुदानको सही सदुपयोग भएको वा नभएका बारेमा समेत अनुगमन गरिने उनको भनाइ छ । “किसानको आयआर्जन वृद्धिका लागिमात्र नभई मासुलाई उत्पादनमा बढाउँदै मासुमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम प्रभावकारी छ”, पण्डितले भने, “कृषकले अनुदानसहित सदुपयोग गरे सरकारको लक्ष्य पनि पूरा हुँदै जानेछ, कृषक पनि बिस्तारै आत्मनिर्भर बन्दै जानेछन्।”
एकाइले उन्नत जातको ब्याड बोका लगाएपछि कृषक समूहमा भएका परिवर्तनलगायतका विषयमा रेर्कडसमेत राख्ने उनले जानकारी दिए। कार्यक्रमअन्तर्गत एकाइले खोर निर्माण, घाँसको बीउ वितरण, दाना व्यवस्थापनलगायत कार्यबाट किसानलाई सहजीकरण गर्दैै आएको छ ।
सम्बन्धित खबर
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
काठमाडौँमा गाडी दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, २ जना घाइते
गोरखामा मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
आरुघाटमा बसेर एसइई परीक्षा दिइरहेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर