म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत वितरण गरिएको प्रशासनले जनाएको छ । पाँच जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार रु १५ हजार र छभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब रु छ लाख वितरण भएको छ ।
प्रशासनका नायब सुब्बा शिव शर्मा, पूर्ण खत्री, लीला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत वितरणका साथै पहिरोले पुर्याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत वितरण भइरहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित