बिषालु च्याउ खाँदा पोखरामा एकै घरका ७ सहित आठ जना बेहोस

बिषालु च्याउ खाँदा पोखरामा एकै घरका ७ सहित आठ जना बेहोस

chyau

पोखरा । पोखरामा विषालु च्याउ खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएका छन् ।

पोखरा महानगरपालिका वडा नंवर ३३ पूंडी स्थित धारापानी सामुदायिक बनबाट नाम नखुलेको च्याउ घरमा ल्याएर खाँदा एकै घरका सातसहित आठ जना बेहोस भएको प्रहरी नायव उपारिक्षक श्रवण कुमार विकले जानकारी दिए ।

बेहोस हुनेमा सोही स्थान निवासी ४५ वर्षीय गोठे पुन, श्रीमती ४० वर्षीया लिला पुन, १३ वर्षीय छोरा पूर्ण पुन, १० वर्षीया छोरी बिनिता पुन, ८ वर्षीया छोरी अस्मिता पुन, ६ वर्षिया छोरी माया पुन र छिमेकी ५२ वर्षीया गौमाया पुन रहेकी छन् ।

उनीहरु सबैको अहिले पश्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ भने, घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds