पोखरा । बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ ।
बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न पोखरा–२६, २७, २९, ३० र ३२ का वडाध्यक्षसहित सरोकारवालाबीच पानीको निकासलाई व्यवस्थित गर्ने सहमति गरिएको हो ।
बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा–३२ का अध्यक्ष शिवजी लामिछानेका अनुसार विजयपुरदेखि आउने बगादी खोलाको पानी पोखरा–२६ डाँडाको नाकस्थित प्रहरी चौकीको दक्षिणतर्फ हुँदै सेती नदीमा कटाउने सहमति बनेको छ । त्यस्तै पोखरा–३० स्थित बाँधाको रह क्षेत्रबाट पनि पानी कटाउने गरी वडा कार्यालयसँग छलफल भइरहेको उनले जानकारी दिए।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा बर्सेनि समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । यस वर्ष केही दिनअघि मात्रै लगातारको वर्षासँगै नहरमा पानी बढेपछि यस क्षेत्रका टाँडी, कालिका चोकलगायत स्थानका घर डुबानमा परेका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की