धेरै स्थानमा वर्षाको सम्भावना

धेरै स्थानमा वर्षाको सम्भावना

mausam

पोखरा । आज (आईतबार) देशभर बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले बिहान देशभर सामान्य देखि पुर्ण बदली रही बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आईतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्ज/रचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ