नेपाल सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अघि बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलको क्षेत्रीय स्वार्थ मिसिएको यो योजनाको कार्यालय शनिबार बुटवलमा स्थापना गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री पौडेलले डाइभर्सन कार्यालयको भवन उद्घाटन गरेका छन् । रुपन्देही, कपिलवस्तु र परासी क्षेत्रको आर्थिक विकासमा आयोजना कोशेढुंगा हुने भन्दै सत्तासीन दल एमालेका यी दुई नेताले आफ्नो प्रदेशलाई सम्पन्न गराउने प्रमुख आधार कालीगण्डकी डाइभर्सनलाई लिएका छन् । तर, गण्डकी प्रदेश सरकार खरो विरोधमा उत्रिएको छ ।
अहिले कालीगण्डकीको पानी दुई प्रदेशको भागमा पर्छ। यो नदीको धेरै भाग गण्डकी प्रदेशमा पर्ने भए पनि गुल्मी र पाल्पाका केही ठाउँमा यो नदी लुम्बिनी प्रदेशसँगको सीमाको रूपमा रहेको छ। परियोजना कार्यान्वयनमा आउँदा राम्दी पुलभन्दा झन्डै दुई किलोमिटर तलबाट सुरुङमार्फत् पानीलाई तिनाउतर्फ मोडिनेछ। स्याङ्जाको गल्याङ नगरपालिकाको मालुंगा र पाल्पाको रम्भा गाउँपालिकाको पीपलडाँडा सीमामा पर्ने परेवाडाँडामा बाँध बनाएर २२ किलोमिटर लामो सुरुङमार्फत तिनाउमा पानी खसाउने योजना हो । पाल्पाको दोभानमा पावर हाउस बनाई कालीगण्डकीको केही पानी तिनाउमा खसाल्ने र बाँकी पुनः सुरुङमार्फत बेलबास पु¥याउने योजना छ ।
विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री भएका बेलामै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुद्देश्यीय आयोजना अघि सारिएको हो । डाइभर्सनको पूर्वसम्भाव्यता अध्ययन २०७१ मा भएको थियो । त्यसयता लगातार यो आयोजना नीति तथा कार्यक्रममा समेटिँदै बजेट पनि छुट्टिँदै आएको थियो । ४२ अर्ब लगानीमा सरकारले लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, लुम्बिनी लगायतका सहरमा सिंचाइ पु¥याउने र दोभानमा निर्माण हुने ड्यामबाट १२६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
आयोजना छलफलको चरणदेखि नै कडा विरोध गर्दै आएको गण्डकी सरकारले संघ सरकारलाई यो आयोजना अघि नबढाउन चेतावनी पनि दिएको छ । अहिले गण्डकीमा काँग्रेसको सरकार छ । उसो त सत्तासीन नेकपा एमालेका प्रभावशाली नेता पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेकै बेला पनि गुरुङले आफ्नै दलका नेताहरुलाई औंलो ठडाएका थिए । नदी सुकाएर पानी लैजाँदा डाइभर्सन तल पारिस्थितिकीय प्रणालीमा असर पर्ने र प्रदेशको भूभाग सुक्खा हुने ठहर तत्कालिन गण्डकी प्रदेश सरकारको थियो । गुरुङले कालीगण्डकीलाई डाइभर्सनमार्फत तिनाउ खोलामा लैजाने योजनाको कडा विरोध गरेका थिए ।
तत्कालिन अर्थमन्त्री किरण गुरुङ प्रभावित बन्ने क्षेत्रमै पुगेर शिर छेदन नै गर्न परेपनि डाइभर्सन आयोजना कुनै हालतमा अघि बढ्न नदिने बताएका थिए । त्यो समय काँग्रेस प्रतिपक्षमा थियो । अहिले सरकार फेरिएपनि डाईभर्सनबारे धारणा उही छ । आफ्नै दल एमालेको संघीय सरकार विरुद्ध बोलेको एमाले गण्डकीका मुख्यमन्त्री, मन्त्री, सांसदहरु अब चुप बस्ने कुरै छैन । कालीगण्डकीको बहाव कुनै पनि बहानामा फेर्न नहुनेमा सरकारदेखि प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु र सम्बन्धित स्थानीय तहका प्रमुखहरु समेत एकजुट बनेका छन् ।
शनिबार बुटवलमा कार्यालय उद्घाटन गरेसँगै गण्डकी प्रदेश सरकारले कालीगण्डकी तिनाउ डाइभर्सनमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । गण्डकी सरकारसँग कुनै सरोकार नराखी आयोजना कार्यालय उद्धघाटनले प्रदेश सरकारालाई झस्काएको सरकारका प्रवक्ता कुमार खड्काले बताएका छन् ।
गण्डकी प्रदेशले सुरुबाटै आपत्ति जनाउँदै आएपनि विरोधको आवाजलाई सम्बोधन गर्ने काम नै नभएको प्रवक्ता खड्को भनाई छ । उनले संघ सरकराले प्रदेश सरकारहरुबीच द्वन्द्व निम्त्याउने काम गरेको समेत बताए ।
खड्काले गण्डकी र लुम्बिनीका लाखौं नागरिकको सरोकारसँग जोडिने भन्दै कालिगण्डकी नदी मात्रै नभई सभ्यतासँग जोडिएको, पर्यापर्यटनदेखि इको सिस्टममा पनि सम्बन्धित रहेको बताए । ठूलो दीर्घकालीन असरबाट रोक्न पनि यो योजना रोक्नुको विकल्प नभएको उनको भनाई छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम