तमानखोलाको बोङ्गादोभान सिल

तमानखोलाको बोङ्गादोभान सिल

Sil

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ः०० बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds