पोखरा । पोखरा महानगरपालिकाले भोलि आइतबारदेखि सबै सेवा सुचारु गर्ने भएको छ ।
कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासँगै अत्यावश्यकबाहेक सेवा बन्द थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले शुक्रबार सूचना जारी गर्दै असार १३ गते आइतबारदेखि महानगरको नगर कार्यपालिकाको कार्यालय, महाशाखा/शाखाहरु र सबै वडा कार्यालयहरु सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई पूर्ण पालना गरी सेवा सुचारु गर्न अनुरोध गरेका छन् ।
जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा असार ६ देखि केही खुकुलो गरिएकाले आइतबारबाट सबै सेवा सुचारु गर्ने निर्णय भएको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ