पोखरामा थकाली आमा र दिदीहरूद्वारा मजदुरलाई राहत बितरण

पोखरामा थकाली आमा र दिदीहरूद्वारा मजदुरलाई राहत बितरण

200734171_4139122662839960_1200519139971617196_n

पोखरा । पोखरामा विपन्न ५१ परिवारलाई राहत बितरण गरिएको छ । पोखरामा रहेका ९ जना थकाली आमा र दिदीहरूद्वारा प्राप्त राहत आज (शुक्रबार) कलाकार तथा सामाजिक अभियन्ता मिलन शेरचनले प्रदान गरेकी हुन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना त्रास र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका उनीहरु समस्यामा पर्दै आएका थिए ।

अभियन्ता शेरचनका अनुसार प्रतिव्यक्ति रु. १२०० को (चामल, दाल, नुन, तेल, मस्यौरा, बेसार, मसला, खुर्सानी, चिउरा र बिस्कुट) दरले राहत प्रदान गरिएको छ ।

“पोखरामा रहनु भएका थकाली आमाहरूः शोभा शेरचन, रूद्र देवि तुलाचन, ओमकुमारी शेरचन, हेम कुमारी शेरचन, शान्ति कुमारी शेरचन तथा दिदीहरू सकुन्तला तुलाचन, हिरण शेरचन, उषा शेरचन र लाली तुलाचनबाट प्राप्त राहत आज प्रदान गरियो”, अभियन्ता शेरचनले भनिन्, “उहाँहरुको जस्तै दयालु र मनकारी भावना सबै ब्यक्तिमा हुने हो भने कोहि पनि विपन्न/असहाय ब्यक्तिहरू भोकको पिंडाले छट्पटिनु पर्ने छैन ।”

कोरोनाले विश्व नै प्रभावित बनेकोे बेला कोही पनि भोकले छट्पटाउन नपरोस् भन्ने उद्धेश्यका साथ सुरु गरेको राहत अभियान अन्तर्गत आज दोस्रो चरणको राहत बितरण गरिएको शेरचनले जानकारी दिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ