कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कुश्मा नगरपालिकाले आज सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ७५ करोड २९ लाख बराबरको बजेट सार्वजनिक गरेको हो ।
विनीयोजित रकममध्ये प्रशासनिक खर्चतर्फ रु १५ करोड विनीयोजन गरिएको छ । बजेटमध्ये नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशबाट रु एक करोड ६७ लाख, राजस्व वाँडफाँटबाट प्राप्त हुने रु ८ करोड ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गरिएको हो ।
बजेटमा समपूरक कोषतर्फ रु २ करोड ५० लाख, सामाजिक विकासतर्फ रु १ करोड तथा आकश्मिक कोष÷प्रकोप व्वस्थापन कोषमा ४५ लाख विनीयोजन गरिएको छ । कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना भाइरस रोकथामलगायत स्वास्थ्य क्षेत्रमा रु ५ करोड ८१ लाख विनीयोजन गरेको छ ।
शिक्षातर्फ रु २९ करोड ५५ लाख, कृषि क्षेत्रका एक करोड ११ लाख र पूर्वाधारतर्फ रु ८ करोड १६ लाख विनीयोजन गरेको छ । कुश्मामा घण्टाघर निर्माणका लागि रु ५० लाख विनीयोजन गरिएको छ भने जेष्ठ नागरिक दिवसा सेवा केन्द्र स्थापनाका लागि रु २ करोड २६ लाख विनीयोजन भएको छ । त्यस्तै मानिवय विकासका लागि रु ७० लाख र न्यायिक समितिलाई रु १४ लाख विनीयोजन गरिएको छ । नगरपालिकाले सञ्चार क्षेत्रका लागि रु १० लाख विनीयोजन गरेको छ ।
नगरसभामा नगरप्रमुख रामचन्द्र जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यकाल अन्तिम चरणमा आएको बताउँदै कुश्मा नगरपालिकालाई समृद्ध नगर बनाउन सफल भएको बताए । सो अवसरमा उपप्रमुख सीता काफ्ले लामिछानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । सातौँ नगरसभाले विनीयोजन विधेयक र आर्थिक विधेयक र ऐनसमेत पारित गरेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो