पोखराकी बालिकालाई जबर्जस्ती करणी गरी भिडियो बनाई फेसबुकमा हाल्ने भारतीय युवक पक्राउ

पोखराकी बालिकालाई जबर्जस्ती करणी गरी भिडियो बनाई फेसबुकमा हाल्ने भारतीय युवक पक्राउ

indinnn apradhi

पोखरा ।  बालिकालाई जबर्जस्ती करणी गरी गोप्य भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पोखराकी एक १६ वर्षीया बालिकालाई भारत बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला बथना घर भइ हाल पोखरा महानगरपालिका -९ शान्तिवन बस्ने २७ वर्षीय इन्द्रजित कुमार शर्माले ललाई फकाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार शर्माले करणी गरी गोप्य भिडियो तथा फोटोहरु बालिकाकै नाउँमा नक्कली फेसबुक अकाउन्ट बनाएर अपलोड गरिदिएको भन्दै उनीविरुद्ध परिवारले जाहेरी दिएका थिए । जाहेरीका आधारमा शर्मालाई बुधबार पोखराको चाउथेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी शर्मा विरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ