गण्डकी प्रज्ञा प्रतिष्ठानको आगामी योजनाः भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखिय काम गर्ने

गण्डकी प्रज्ञा प्रतिष्ठानको आगामी योजनाः भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखिय काम गर्ने

202468770_332196075110344_1310045056616514865_n (1)

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी आर्थिक वर्ष २०७८ र ०७९ मा भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा उल्लेखिय काम गर्ने भएको छ । प्रतिष्ठानले दीर्घकालिन र अल्पकालिन योजनाका आधारमा काम गर्न लागेको हो । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७८ वैशाख १४ गतेको निर्णयअनुसार गठित ‘गण्डकी प्रज्ञा प्रतिष्ठान’ले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा क्रियाशिल संघसंस्था र स्रष्टाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने र सो को प्रचारप्रसारमा टेवा पुुर्याउने योजना बनाएको छ ।

प्रतिष्ठानका सदस्य सचिव मनकुुमार श्रेष्ठले हाल प्रतिष्ठानको कार्यालय शिक्षा कार्यालय बगरमा रहेको र आवश्यक भौतिक सामाग्री खरिद गरी व्यवस्थित गर्ने कार्य भइरहेको जानकारी गराए । उनले लोक नृत्य, लोक गायन, लोकदोहोरी, चित्रकला र साहित्य क्षेत्रका विभिन्न प्रतियोगिता संचालन गर्ने तयारीमा प्रतिष्ठान रहेको बताए । उनका अनुसार संस्थाको लोगो र वेभसाइड बनाई अनलाइन माध्यममार्फत पनि प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी लिन मिल्ने गरी व्यवस्थित गरिने छ । विभिन्न विधामा महत्वपूूर्ण योगदान पुु¥याउने स्रष्टाहरुको बायोग्राफी निर्माण गर्ने योजना प्रतिष्ठानको छ । स्रष्टा कलाकार, साहित्यकारको परिचय—पत्र निर्माण तथा वितरणमा समेत प्रतिष्ठानले काम गर्ने भएको छ ।

नाटक लेखन प्रशिक्षण तथा प्रदर्शन गर्ने, संस्थाको भावना अनुसार संचालन हुने महोत्सव तथा कार्यक्रमहरुमा सहकार्य गर्ने योजना प्रतिष्ठानको छ । संस्थाको वार्षिकोत्सवका अवसरमा विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत गरिने भएको छ । पृथ्वी पुुरस्कार, भानुु पुुरस्कार, धर्मराज पुुरस्कार, झलकमान पुरस्कार, लेखनाथ पुुरस्कार, अलिमिया पुरस्कार, बुुद्धीपरियार पुुरस्कार, क्या.मिन बहादुर गुुरुङ पुरस्कार, माधव घिमिरे पुुरस्कार, भेडीखर्के साइलो पुुरस्कार, धर्मशिला पुुरस्कार, भुुपी शेरचन पुुरस्कार, चेतन कार्की पुुरस्कार, गोकुुल जोशी पुुरस्कार, विषे नगर्ची पुुरस्कार, अम्मर गुुरुङ पुुरस्कार, कल्याण शेरचन पुरस्कार वितरण कार्यक्रमलाई समेत निरन्तरता दिइने गरी योजना तय भएको श्रेष्ठले बताए । उनका अनुसार संगीत, ललितकला, साहित्य, संस्कृति, लोक संस्कृति र नाटक विधामा गण्डकी प्रज्ञा पुरस्कार प्रदान गरिनेछ । सर्वज्ञमान,सरोज गोपाल, रत्नदाश, मेलवादेवी, भुुवनेश्वर कोइराला, सर्वज्ञ विश्वकर्मा, मुुक्तिनाथ शर्मा लगायतका अन्य स्रष्टाहरुको नाममा पुुरस्कार जोड्ने विषयलाई निरन्तरता दिइने योजना प्रतिष्ठानको छ ।

प्रतिष्ठानले आगामी आर्थिक वर्षमा शास्त्रीय संगीतको अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको छ । बहुुसांस्कृतिक उत्सव, साहित्यीक महोत्सव, विभिन्न स्रष्टाहरुको जन्मजयन्ती मनाउने कार्यक्रमलाई समेत प्रतिष्ठानको योजना भित्र समेटिएको छ । अभिनय, नृत्य, गायन, बाध्यवादन, चित्रकला, मूर्तिकला, भाषणकला, उद्घोषण कला विषयमा प्रशिक्षण संचालन गर्ने योजना प्रतिष्ठानको छ । अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा आवश्यकता अनुसार सहभागिता गराउने लक्ष्य गण्डकी प्रज्ञा प्रतिष्ठानले राखेको छ । स्थापना दिवस, गणतन्त्र दिवस, संगीत दिवस, छन्द दिवसका अवसरमा कार्यक्रम गर्ने श्रेष्ठले जानकारी गराए । भानुुजयन्तीका दिन सप्ताहव्यापी कार्यक्रमको तयारीमा प्रतिष्ठान रहेको छ । उनले भाषा, साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा सामाजिक विषयहरुको प्रतिनिधित्व हुने गरी अध्ययन गर्ने र गराउने कार्यलाई अगाडि बढाउने बताए । प्रतिष्ठानको स्थायी कार्यालय स्थापनाको लागि यो वर्ष जग्गा व्यवस्थापन र भवनको नक्सा तयार गर्ने योजना रहेको श्रेष्ठले बताए ।

‘गण्डकी प्रज्ञा पुुस्तकालय निर्माण र व्यवस्थापन, मातृभाषाको संरक्षण र प्रवद्र्धनको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन, केन्द्रिय वा स्थानीय एकेडेमीसँग अन्तरक्रिया तथा अनुुभव आदानप्रदान, तिनै तहका सरकारसँग आवश्यकता आधारमा अन्तरक्रिया लगायतका कार्यक्रम गरिनेछ’, उनले भने । श्रेष्ठले गण्डकी प्रदेशका सबै स्थानीय तहमा भाषा, साहित्य, संस्कृति, लोक संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण र प्रर्वद्धनको लागि विद्यालय स्तरबाट सचेतना मुुलक कार्यक्रम गरिने जानकारी गराए । उनले लोक बाजाहरुको संरक्षण र प्रवद्र्धनमा समेत विभिन्न कार्यक्रम गरिने बताए । ‘लोपउन्मुख बजाहरुको संकलन र प्रदर्शन कार्यलाई पनि निरन्तरता दिइनेछ’, उनले भने, ‘गण्डकी विश्वविद्यालयसँग सहकार्य गरी संगीत र ललितकलाको विभाग संचालनको लागि आवश्यक गृहकार्य गर्ने र पाठ्यक्रम समेत निर्माण गर्ने योजना प्रतिष्ठानको छ ।’

उनले स्रष्टा उपचार कोष यो वर्ष २५ लाख पुर्याउने लक्ष्य रहेको बताए । उपकुुलपति गोरे गुुरुङको संयोजनमा एक समिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइउने उनको भनाई छ ।

‘कार्ययोजना सहितको क्यालेन्डर प्रकाशन, स्रष्ठा उपचार कोषको संचालन, एकेडेमीको प्रगति विवरण तथा यसको वृद्धिविकासको लागि प्रदेश सरकारसँग छलफल कार्यक्रम, मुुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम, आवश्यकता अनुसार भ्रमण कार्यक्रम, सांस्कृतिक ग्राम निर्माण गर्न पोखरा प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी जग्गा पहिचान’ लगायतका कार्ययोजना प्रतिष्ठानको छ । सबैले कार्यक्रम गर्ने गरी खुुल्ला स्टेज निर्माण गर्ने योजनामा प्रतिष्ठान रहेको छ । प्रतिष्ठानका विभागहरुसँग सहकार्य गरी विभागिय कार्यक्रमलाई समेत निरन्तरता दिइने श्रेष्ठले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ