बिहीबार गण्डकीमा थप ३२१ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३०४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११८ जना, तनहुँका ३५ जना, लमजुङका २६ जना, नवलपुरका २६ जना र स्याङ्गजाका १० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका चार जना, बागलुङका ३० जना, म्याग्दीका तीन जनार मुस्ताङ जिल्लाका ४३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५३ हजार ७०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ५४० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९११ पुगेको छ।
बिहीबार पनि गण्डकीमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, नवलपुरका एक जना, स्याङ्गजाका दुई जना र तनहुँका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९१४ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
चापाकोटमा आगलागी, लाखौंको क्षति
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी