मेलम्ची र हेलम्बुको पीडामा पोखरा महानगरको मल्हम, १०/१० लाख सहयोग गर्ने

मेलम्ची र हेलम्बुको पीडामा पोखरा महानगरको मल्हम, १०/१० लाख सहयोग गर्ने

mahanagar help

यस वर्ष बाढी र पहिरोबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरेकी हुन् ।

उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०र१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताइन् । उनले भनिन् -‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

पोखरा महानगरको बजेट ६ अर्ब २७ कराेड [पूर्णपाठ]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds