फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल अब १२७ प्रतिलिटर

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल अब १२७ प्रतिलिटर

Petrol-diesel-prices-hiked

काठमाण्डौ।  नेपाल आयल निगमले फेरि इन्धनको मूल्यमा वृद्धि गरेको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्यमा वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ वृद्धि भएको छ । पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि भएको छ।

मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने, डिजेल र मट्टीतेलको मूल्य ११० रुपैयाँ कायम भएको छ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निषेधाज्ञाको समयमा भएको बिक्री परिणामको हिसाब गर्दा मूल्य बढेको अवस्थामासमेत निगमलाई १५ दिनमा ७७ करोड घाटा हुने प्रवक्ता उपाध्यायको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds