तनहुँमा रुखमाथि बनेको घरमा प्रतिबन्ध

तनहुँमा रुखमाथि बनेको घरमा प्रतिबन्ध

KN_Damauli-treehouse

¿vdfly 3/df ;j{;fwf/0f bdf}nL, #) h]7 M tgx’Fsf] DofUb] ufpFkflnsf–@, Hofg6fª ;fd’bflos jgdf ¿vdfly lgdf{0f ul/Psf] 3/df ;j{;fwf/0f . lgif]wf1fsf aLrdf klg of] 7fpFn] ko{6s cfslif{t u/]sf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो ।

सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ । केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिए। “दैनिक रुपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश/१५ दिन प्रवेश निषेध गरेका हौ,” उनले भने। हरियाली उद्यान सहित निर्माण गरिएको घरमा भ¥याङ हाल्ने बाँकी छ । साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ ।

रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रुखमाथि घर बनाईको छ । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

जिपीका चार कर्मचारीको करार सम्झौता रद्द

पिसिआर परीक्षण गर्ने भनी सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका चार कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीसँगको करार सम्झौता रद्द गरेको हो । फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको निमित्त कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले जानकारी दिए।

एन्टिजेनको परीक्षण बढाइँदै

शहरी भन्दा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि स्वास्थ्य कार्यालय तनहुँले एन्टिजेनको परीक्षण बढाएको छ । ग्रामीण भेगमा सङ्क्रमण जोखिम बढेपछि कार्यालयले एन्टिजेनको परीक्षण बढाएको हो ।

स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ । कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागेजति किट उपलब्ध गराइने कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। “पिसिआर रिपोर्ट आउन ढिलाई हुने र एन्टिजेन पनि पिसिआर सरह नै भएकाले यसको दायरा बढाएका छौ”, उनले भने, “एन्टिजेनबाट १५/२० मिनेटमै नतिजा आउँछ ।” नौ दिनको अवधिमा जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । पछिल्लो नौ दिनको अवधिमा मात्रै जिल्लाभर चार सय ६० सङ्क्रमित थपिएका छन् । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड बिना हुने भोजभतेर, चियापसलका जमघट लगायतका कारण सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट जिल्लामा ७७ जनाको मृत्यु भएको छ । गत वर्षको पहिलो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको थियो । यस अवधिमा व्यासका १७, भिमादका १२, भानुका छ, म्याग्देका चार, घिरिङका तीन, देवघाटका एक र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds