संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल

संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल

pushpa-kamal-dahal

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन्।

माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए।

सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे। पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ