गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा मूल्यांकन हुने गरेको छ ।
ती विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिन्छ । अघिल्लो वर्ष ७८ प्रतिशत अंकसहित प्रथम भएको पर्वत अस्पताल यस वर्ष ६५ प्रतिशत अंकसहित पुनः पहिलो बनेको हो । अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र कर्मचारी सबैको सामूहिक बलबाट नै यस वर्ष पनि पहिलो भएको पहाडीको भनाइ छ ।
अस्पतालको सुदृढीकरणका लागि तय गरिएका योजनाहरूमा प्रदेश सरकार, जनप्रतिनिधि तथा अन्य संघ संस्थाहरूको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रिय खटाइका कारण आएको नतिजाले अस्पतालको सेवा र सुविधालाई झनै प्रभावकारी बनाउन प्रेरणा मिलेको अध्यक्ष पहाडीले बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले गत आर्थिक वर्षमा निर्धारण गरिएका सूचकहरूमा केही परिवर्तन गरिनु, निर्माणका कारण अस्पतालका पुराना भवन भत्काइनु तथा फोहोरमैला व्यवस्थापनको कामका लागि स्थान अभावका कारण अझ सोचे जस्तो काम गर्न नपाएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम अंक प्राप्त भएको बताए ।
पर्वत अस्पतालले यस वर्ष पनि विगतका सेवाहरूलाई निरन्तरता दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि ३५ श्ययाको आइशोलेसन सञ्चालन गरिरहेको छ ।
यस वर्ष ६२ प्रतिशत अंकका साथमा स्याङ्जा अस्पताल दोस्रो स्थानमा आएको छ भने ६१ प्रतिशत अंकका साथमा दमौली अस्पताल तेस्रो स्थानमा रहेको छ । अघिल्लो आर्थिक वर्ष दमौली अस्पताल दोस्रो स्थानमा रहेको थियो ।
सम्बन्धित खबर
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पर्वतमा सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो