पाेखराबाट पर्वत जाने क्रममा टिप्परसँग माेटरसाइकल ठाेक्किएर २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी- १ भुकताङ्गेका ३३ बर्षीय बिनाेद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् ।
आज बेलुकी अन्दाजी ५ बजेकाे समयमा कास्कीकाे अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पाेखरा तर्फ आइरहेकाे प्र. ३ – ०१ -००३ क ५१७३ नम्बरकाे टिप्पर र ग २० प ६०३० नम्बरकाे माेटरसाइकल ठक्कर खाएकाे थियाे । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पाेखरा पठाइएकाे थियाे ।
मनिपाल अस्पताल ल्याउनासाथ बिनाेदलाई मृत घाेषणा गरिएकाे र अर्का घाइते भिम बहादुर मल्लकाे उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चाेक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चाैकी नाैडाँडाबाट खटिएकाे प्रहरी टाेलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएकाे छ । असई जयलाल बुढाकाे नेतृत्वकाे प्रहरी टाेली दुर्घटना लगत्तै घटनास्थल पुगेकाे थियाे । – अद्यावधिक गरिएको

Photo: अन्नपुर्ण कोभिड हेल्पलाइन-Ach Page
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो