पोखरामा बाख्रा गोठालो गएकी बालिका नुहाउन सेतीमा पस्दा बगायो, तत्काल उद्धार

पोखरामा बाख्रा गोठालो गएकी बालिका नुहाउन सेतीमा पस्दा बगायो, तत्काल उद्धार

balika dubera

प्रतिकात्मक तस्वीर

पोखराको सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीया बालिकाको स्थानीयले सकुशल उद्दार गरेका छन् । आज दिउँसो पौने २ बजेतिर बाख्रा गोठालो गएकी पोखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगर नुहाउन एक्लै सेती नदीमा पसेकी थिइन् ।

नदीले बगाउनसाथ स्थानीयले देखेपछि तत्काल उद्दार गरी पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

ती बालिकालाई डेढ किलोमिटर पर बगाएर लगिसकेको अवस्थामा सकुशल उद्धार गरिएको हो । अहिले उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी नायव निरिक्षक जसबहादुर बिकको कमाण्डमा पाँच जना प्रहरीको टोली उद्दारका लागि खटिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ