पोखरामा ‘अर्बन बजार’ सञ्चालन हुँदै

पोखरामा ‘अर्बन बजार’ सञ्चालन हुँदै

urban bazaar

पोखरा । ‘खेतदेखि भान्सासम्म’ उद्घोषका साथ अब गृहणीलाई सहज हुने तबरले अर्बन बजार सञ्चालनमा आउँदैछ । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको हो । पोखराका ४ जना युवाव्यवसायीहरुद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म १ करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए ।

मुख्यतयाः कृषकहरुले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलफूलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिघै उपभोक्तासम्म पु¥याउने योजना रहेको लामिछानेले बताए । डिजिटल युगमा दैनिक उपभोग्य समानखरिद गर्न बजारसम्म जानुपर्ने बाध्यतालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार एउटा भरपर्दो विकल्पको रुपमा प्रवेश गर्न लागेको अर्का सञ्चालक दीपक सिंजालीले बताए ।

‘किसानका जुनसुकै उत्पादनलाई ग्रेडिङ तथा प्याकिङ गरी मूल्य र उपभोग्य मिति सहितको लेबर टाँसेर बजार पठाउँछौं,’ उनले भने । अर्गानिक तथा नन अर्गानिक गरी तरकारी तथा फलपूmलको ग्रेडिङ गर्ने र गुणस्तरमा कुनै पनि सम्झौतानगर्ने उनले बताए ।

कम्पनीमा उपलब्ध हुने कृषि उत्पादनहरु तरकारीदेखि फलपूmल, दुग्धजन्य उत्पादन, स्थानीय उत्पादन, (गुन्द्रुक, मस्यौरा, गाभा, अचार, तामातथा सुकाएका तरकारीहरु, मासुजन्य आदि उत्पादनहरु), कृषि औजारहरु, पशु आहारहरु, बिउ बिजन, बेर्ना लगायतका बस्तु तथा उत्पादन अर्बन बजारको वेवसाइट धधध।www.urbanbazaar.com.np तथा Urban Bazaar मोबाइल एप डाउनलोड गरी अर्डर गर्न सकिनेछ । टेलिफोनबाट पनि अर्डर गर्न सकिने सञ्चालक लामिछानेले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र आसपासका क्षेत्रलाई लक्षित गरेर व्यवसाय सुरु गरिएको सञ्चालक बिजय बरालले जानकारी दिए । छिट्टै नेपालभरी यसका शाखाहरुद्वारा सेवा पु¥याउने लक्ष्य लिइएको उनले बताए । ‘सामान डेलिभरी गर्ने समय, पारदर्शिता, स्वास्थ्य सुरक्षा तथा सेवाएवं गुणस्तरमा गम्भिर छौं,’ उनले भने, ‘यो डिजिटल युग हो । अब भान्सामै बसेर ग्राहकले अर्डर गर्न सक्नुहुन्छ र ग्राहकले चाहेको सामान भान्सामै पु¥याउने काम अर्बन बजारले गर्नेछ ।’ कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सामान डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds