कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

Tapta-bahadur-bista

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

उनको आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।

बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बिष्टलाई गत जेठ १६ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका थिए। २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।

उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री बनेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds