पोखरा । देशभर आज (आइतबार) को मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव तथा पश्चिमी भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।
वर्षाका कारण पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध समेत गरेको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन