काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन्।
स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक रहेकामा जोड दिए। “मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए।
सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। सबै पालिकालाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।
यहाँका व्यास, शुक्लागण्डकी, भिमाद, शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, म्याग्दे, घिरिङ, ऋषिङ र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । साथै तनहुँको दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समितिले संयोजन गरेको कार्यक्रममा ११ अक्सिजन कन्सन्ट्रेटर, फेसमास्क १३ हजार ५०, एन ९५ मास्क एक हजार तीन सय ५०, पिपिई चार सय ४० लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिइएको थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने