म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरञ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरञ्जा सडक स्तरोन्नति भएको छ । वि.सं.२०७५ मा गाउँपालिकाले ट्रयाक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ नं. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको ज्यामीरे, ३ नम्बर वडा कार्यालय, पहिरो खोरीया, खस्रुपानी र तोरीडाडा क्षेत्रमा स्तरोन्नति गरिएको हो ।
रु. दुई करोड ८० लाख ९८ हजार ३२४ मा गत माघमा ठेक्का सम्झौता गरेको देब एण्ड सायर–तिलक जेभीले निर्धारित समयभित्रनै काम सकेको जनाएको छ । असार महिनासम्म ठेक्काको म्याद भएपनि जेठमै काम सकिएको देब एण्ड सायर तिलक जेभीका साइट इञ्चार्ज लालबहादुर रोकाले बताए।
“सडक फराकिलो बनाउने, ग्यावीयन, मेसिनरी पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार गरिएको छ”, उनले भने, “कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेका हौ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण ब्यवसायीले गरेको कामको अन्तिम भुक्तानीका लागि अनुगमन मूल्याङ्कनको चरणमा रहेको बताए। पहिराले भत्काएको ठाउँमा मर्मत गर्न लगाइएको छ ।
गत वर्ष रु. एक करोड ८३ लाखमा यो सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया क्षेत्रमा स्तरोन्नति गरिएको थियो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा यो सडक स्तरोन्नतिका लागि बहुवर्षे क्रमागत आयोजना सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताए। बाह्रै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामिण क्षेत्रको नमूना सडक आयोजना सञ्चालन गरिएको हो । यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको छ । मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको प्राविधिक विपिन आचार्यले बताए ।
साबिक बरञ्जा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकदेखि बुकेनीसम्मको दूरी ६ किलोमिटर छ । पहिरो र भू-क्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका विरुवा रोपिएको छ ।
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने