देशभर बदली र वर्षाको सम्भावना

देशभर बदली र वर्षाको सम्भावना

mausam

पोखरा । आज (शनिबार) देशभरको मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सँगै देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds