सिन्धुपाल्चोकमा भीषण बाढी, होटलमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

सिन्धुपाल्चोकमा भीषण बाढी, होटलमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

sindhu-palchok

पोखरा । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो (मंगलबार) साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्र तहसनहस भएको छ ।

बाढी–पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन ।

यस्तै, बाढीका कारण फसेका दुई जनाको उद्धार गरिएको छ। मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बाढी–पहिरोले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको छ।

हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । बाढीले मेलम्ची पूल, चोक्पा पुल, तिम्बु पुल, बाहुनेपाटी पुल, फट्टे पुलसमेत बगाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds