पोखरा । मंगलबार गण्डकीमा थप ३८० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३१३ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४६ जना, तनहुँका ६५ जना, गोरखाका ३५ जना, लमजुङका १२ जना, नवलपुरका ४२ जना र स्याङ्गजाका ५३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका आठ जना, बागलुङका ११ जना, म्याग्दीका सात जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४४ हजार ८२१ पुगेको छ।
सोमबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका एक जना, गोरखाका दुई जना र बागलुङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५४ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन