गोरखा । गोरखामा खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् ।
जिल्लाको आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाउँदा बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीन जना साथीसहित ट्रक मर्मत गर्न जाने क्रममा चौधरीलाई बिहान करिब साढे ७ बजे बाढीले बगाएको भन्ने सूचना पाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता डिएसपी प्रकाश दाहालले बताए ।
उक्त स्थानमा हाल प्रहरी पुगी सकेको र स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजीकार्य शुरु गरिसकेको उनले बताए ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते